जोडिनुहोस
  • होमपेज
  • बालकुमारी घटनाको विरोधमा सुर्खेतमा प्रदर्शन र चक्काजाम

बालकुमारी घटनाको विरोधमा सुर्खेतमा प्रदर्शन र चक्काजाम

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ । युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, र्‍याली र चक्काजाम गरिएको छ । वीरेन्द्रनगरको एरिचोकबाट र्‍यालीसहित मंगलगढी हुँदै वीरेन्द्रचोक पुगेका युवाहरुले एक घण्टा चक्काजाम गरेका थिए । रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकमा कुनैपनि सवारी साधन चल्न सकेका छैनन् । युवाहरुले सोही ठाउँमा शनिबार पनि विरोध प्रर्दशन गरेका थिए । आन्दोलनकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । साथै, मृतक युवाहरूलाई शहीद घोषणा गर्नुपर्ने र मृतकका परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।आन्दोलनकारीहरूले टायर बाल्ने र नाराबाजी पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ ।शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सोही घटनालाई लिएर शनिबारदेखि वीरेन्द्रनगर पनि युवाहरुले प्रर्दशन गरिएका छन् । पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षामा सहभागी भएका तर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षाको पनि फारम भर्न जान पाउनुपर्ने माग गर्दै शुक्रबार बालकुमारीमा आन्दोलन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका