जोडिनुहोस
  • होमपेज
  • श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ६० वर्षीया ईन्द्र कुमारी बिश्वकर्माको हत्या गरेको आरोपमा ईलाम माङसेबुङ गाउँपालिका ४ घर भई झापा दमक नगरपालिका २ बगर मखमली टोल बस्ने ६० वर्षीय धन बहादुर बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको क्रममा धन बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका