जोडिनुहोस
  • होमपेज
  • समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार प्रयासरत छ प्रधानमन्त्री प्रचण्ड

समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार प्रयासरत छ प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान चुनौतीहरूको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

आइतबार तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अक्षुण एकता, सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय विशेषतालाई आत्मसाथ गर्दै देशमा विद्यमान चुनौतीहरूको सम्बोधनका साथ समुन्नतिको राष्ट्रिय आकांक्षाका लागि निरन्तर प्रयासरत रहेको बताएका हुन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु सरकारको राष्ट्रिय कार्यभार भएको उनले बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने धारणा धारणा राखे । उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको जिकिर गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका