Mon May 16 2022
आर्थिक

४४ अङ्कले बढ्यो नेप्से

साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

साताको पहिलो कारोबार आइतबारबाट वृद्धि हुन लागेको नेप्से मंगलबार पनि निरन्तरता पाएको छ ।

आज नेप्से परिसूचक ४४ दशमलव १६ अंकले वृद्धि भएर २३१३ दशमलव ०० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७ दशमलव ६७ अंक, फ्लोट इण्डेक्स ३ दशमलव २६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ९३ अंकले बढेको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर १अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार रकममा भने सोमबारको तुलनामा मंगलबार सामान्य गिरावट आएको छ । नेप्सेका १३ वटा उपसमूहमा सबैमा हरियाली छाएको छ । जलविद्यूत उपसमूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३ दशमलव २७ प्रतिशत बढेको छ ।

विकास बैंक, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, बाँकी बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन,लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने व्यापार र म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।