Fri May 27 2022
मुख्य खबर

थप १३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना कोरोनाका विरामी संक्रमण मुक्त भएका छन् भने १८५ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै नेपालमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५ जनामा झरेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन भने ९ लाख ६६ हजार ८२३ जना कोरोना संक्रमणमुक्त भएका छन ।

यसैबीच पछिल्लो २४ घण्टामा ८० हजार एक सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।