Mon May 23 2022
मुख्य खबर

उत्तम भन्छन् – आर्थिक अपराधका विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं. २३ मुलुककै पहिचान र प्रतिष्ठा बोकेको क्षेत्र हो । जीवित देवीको देशका रुपमा चिनिने नेपाललाई यही वडामा रहेको कुमारी घरले चिनाउने गर्दछ ।

यस चिनारीलाई सबल बनाउन यहाँको स्थानीय सरकारसँग पर्याप्त भिजन हुनु आवश्यक छ । राजधानीको संस्कृति र सभ्यतालाई संरक्षण र सम्बद्र्धनका लागि योजना हुनु आवश्यक हुन्छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यस वडाको नेतृत्व गर्न तयार उत्तमरत्न मानन्धर पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । वडाअध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका नेता उत्तमरत्न मानन्धरसँग वडाको विकासका लागि पाँच उत्तम अवधारणा छन् ।

१. वडाका विभिन्न स्थानहरूमा असमान विकास निर्माणका कार्यहरू हुन नदिई समान रूपमा विकास निर्माणका कार्य गर्न ।
२. वडामा भ्रष्टाचारका कुराहरू सुनिएकोले आर्थिक अपराधका विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचारमुक्त वडा निर्माण गर्न ।
३. अहिले वडामा परिवर्तनको खाँचो बढी देखिएको र मैले नेपाली कांग्रेसका तर्फबाट वि. सं. २०५४ सालको स्थानीय निर्वाचनमा विजय हासिल गर्दा सो कार्यकालको सही मूल्याङ्कन गरी वडाबसीहरुले मेरो समर्थन गर्नुहुनेछ, र मेरो आवश्यकता पनि प्रष्ट देखिएको छ ।
४. हाल वडामा फोहोरमैलाको व्यवस्थापन सही रूपमा नगरिएकोले आउँदो हाम्रो कार्यकालमा सो व्यवस्थापन विशेष वैज्ञानिक ढंगले गर्ने योजना छ ।
५. आउँदो मेरो कार्यकालमा वडा अध्यक्षको हैसियतमा पाउने पारिश्रमिक र भत्ता नलिई सो रकम विपन्न तथा गरीब वर्गको स्वास्थ्य र शिक्षाको लागि कोष खडा गर्ने कार्यमा लगाउने छु ।