जोडिनुहोस
  • होमपेज
  • अभियानका रूपमा नेपाली टोपी दिवस

अभियानका रूपमा नेपाली टोपी दिवस

जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी स् नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ । वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गरे । सदियौँदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्युचोलीलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली ढाका र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा मान्यता दिन मागसहित अभियानका रूपमा यो दिवस मनाउन थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका