जोडिनुहोस
  • होमपेज
  • उपप्रधानमन्त्री श्रेष्ठको दाबी ‘प्रहरी सङ्गठनभित्र सरुवारबढुवामा पैसाको चेलखेल शून्यमा झारियो’

उपप्रधानमन्त्री श्रेष्ठको दाबी ‘प्रहरी सङ्गठनभित्र सरुवारबढुवामा पैसाको चेलखेल शून्यमा झारियो’

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएको दाबी गर्नुभएको छ । आज सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी सङ्गठनलाई आफ्नो प्रणालीअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गर्नुभएको हो । उहाँले प्रहरी सङ्गठनको सरुवारबढुवामा हुने पैसाको चलखेललाई शून्यमा झारिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी सङ्गठनलाई आफ्नो प्रणाली, मापदण्डअनुसार काम गर्ने वातावरण अहिले बनाइएको छ । सरुवारबढुवा गर्दा हुने पैसाको चलखेल शून्यमा झारिएको छ । अहिले तपाईँले गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न । प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त गर्दै तत्काल काम गर्ने प्रक्रिया अघि बढाइएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अबको ५० वर्षपछि छानबिन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताउनुभयो । अहिले प्रहरी सङ्गठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका