जोडिनुहोस
  • होमपेज
  • देशका विभिन्न स्थानमा भएका आगलागीबाट ५२ लाख रुपैयाँ बराबरको क्षति

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ५२ लाख रुपैयाँ बराबरको क्षति

पाल्पा, झापा, दोलखा र रोल्पामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ५२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पाल्पाका रामपुर नगरपालिका(८ एक्लेटर खन्चुवा बस्ने राम प्रसाद न्यौपानेको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यसैगरी, झापाको झापा गाउँपालिका(३ फुलबारी टोल बस्ने इन्दिरा कटुवाल खड्काको टु ब्रोदर्स पोल्ट्री फर्ममा आइतबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, दोलखाको बिगु गाउँपालिका(२ देउलाङ खानी बस्ने ५२ वर्षीय चरित्र बहादुर ठकुरीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रोल्पाको माडी गाउँपालिका(५ पानधारा बस्ने ६० वर्षीय बिर्जराम वलीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यि सबै घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका