Thu May 19 2022
मुख्य खबर

काठमाडौँमा फोहोर नउठ्दा फैलियो दुर्गन्ध

मेनुका लम्साल- लामो समयदेखि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा बारम्बार समस्या आइरहेको छ । पासाङल्हामु राजमार्गअन्तर्गका मुड्कु पिप्लेका स्थानीयवासीले निरन्तर अवरोध गरेपनि महानगरसंग भएको छलफलबाट समस्या समाधान भएपछि करिब शनिबारबाट महानगरको फोहोर उठ्न थालेको थियो ।

सुरक्षाकर्मीको सहयोगमा शनिबारदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भई लगभग दुई हप्तापछि गत शनिबारबाट महानगरको फोहोर उठ्न थालेपनि महानगरका अधिकांश स्थानको फोहोर उठ्न सकेको छैन ।

यता फोहोर व्यवस्थापनको जिम्मा पाएको काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्था विभागले भने हप्तौसम्म अवरोधका कारण नउठेको फोहोरको डंगुर अत्याधिक रुपमा थुप्रिएको हुदा आफुहरुसँग उपलब्ध भएको स्रोतसाधन परिचालन गरि सञ्चालन गरिरहेको भए पनि पर्याप्त साधन नहुदा केहिसमय लाग्ने बताएको छ ।

यस्तै बैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा पनि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा अवरोध नहुने वातावरण व्यवस्था विभागले जनाएको छ ।

यसरी फोहोरको उचित व्यवस्थापन नहुनुमा महानगरकाले नै समयमा चासो दिन नसकेको
महानगरवासीको गुनासो गर्ने गरेका छन् । यसप्रति सम्वन्धित सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।