जोडिनुहोस
  • होमपेज
  • कृषिको लगानीलाई प्राथमिकता दिन अर्थमन्त्रीको आह्वान

कृषिको लगानीलाई प्राथमिकता दिन अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योगी–व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा महतले उद्योगी–व्यवसायीका समस्या लिखित रुपमा पठाउन वा प्रत्यक्ष भेटेर समस्या हटाउन आग्रह गरे । उनले नेपालमै उद्योग व्यवसायको माहोल बढाउन र रोजगारी सिर्जना गर्न समेत आह्वान गरेका छन् । उनले विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सीप लिएर आएको भन्दै उनीहरुलाई आधुनिक कृषिकर्ममा प्रोत्साहन गर्नुपर्ने बताए । सरकारको नीति समेत उनीलाई प्रोत्साहन गर्ने नै रहेको भन्दै उनले उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको बताए ।कृषि क्षेत्र आधुनिकीकरण गराउनु पर्ने आवश्यकता रहेको भन्दै उनले उद्योग व्यवसायीलाई समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्न आग्रह गरे ।

वर्तमान अर्थतन्त्रबारे बोल्दै उनले सेयर कारोबार बढ्दै गरेका, जग्गा कारोबारले गति लिएको, बैंकहरुले ब्याजदर घटाइरहेको भन्दै पर्यटक आगमनबाट समेत उत्साह फर्किएको बताए । नेपालको पूर्वाधारमा ठूलो समस्या रहेको भन्दै उनले पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न नसकिएको स्वीकार गरे । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनको प्रतिवद्धता छ । देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको भन्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज र सञ्चारकर्मी सबैले सकारात्मक बहसको थालनी गर्नु पर्ने समेत बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका