Sat May 21 2022
मुख्य खबर

ओखलढुंगामा निर्वाचनको सबै तयारी पुरा

रामहरि श्रेष्ठ- ओखलढुंगामा आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सबै तयारी पुरा भएको छ ।
जिल्लाको १ सय ५० वटै मतदान केन्द्रमा निर्वाचनका लागी आवश्यक पर्ने सम्पुर्ण समाग्री पठाई सकिएको निर्वाचन कार्यलयले जनाएको छ ।

एक नगरपालिका सहितका ८ वटा स्थानीय तह रहेको ओखलढुंगाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु खटिसकेका छन् ।

एक वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ५ जना कर्मचारी खटिएका छन् ।

त्यस्तै सबै स्थानीय तहमा रहेका ८९ वटा मतदान स्थल र १ सय ५० वटा मतदान केन्द्रमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा ब्यस्था पनि चुस्त पारिएको छ ।

बैशाख ३० मा हुने निर्वचन लक्षित जिल्ला प्रशासन कार्यलयले पनि यसअघि नै जिल्लाभित्र मदिरा जन्य मदार्थको बिक्रि बितरणमा रोक लागाएकोे छ भने जिल्ला भित्रने सबै नाकाहरुमा कडाई गरेको छ ।