स्थानीय तहको निर्वाचनको दिन अर्थात भोलि शुक्रबार बिहान ६ बजेबाट साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।
निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना हुनसक्ने भन्दै सवारीसाधनमार्फत मानिसहरुको आवातजावतलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।