जोडिनुहोस
  • होमपेज
  • ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव

ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतलाई गरेको अभद्र व्यवहार र धम्की ।

घटना शुक्रबार साढे १० बजेको हो । नगरपालिकाभित्रका हडिया, टिमाई, निन्दा तथा मेची खोलाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री र शुल्क असुलीका विषयमा नगरपालिका कार्यालयमा छलफल भइरहेको थियो ।

नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले जारी गरेको विज्ञप्ति अनुसार खोला तथा नदीबाट ढुंगा तथा बालुवा उत्खननको लागि सूचना आह्वान गरेको ३ पटकसम्म ठेक्का लागेन ।

त्यसपछि नगरस्तरीय राजश्व परामर्श समितिको सिफारिसमा कुन प्रक्रियाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री गरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा छलफल आह्वान गरिएको थियो । सोही क्रममा पहिले नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएका ठेकेदार राजकुमार थापा र उनीसँगै आएका प्रभात राईले विगतको ठेक्काबाट संकलन भई स्टकमा रहेको नदीजन्य पदार्थको निकासी ढुवानीको बारेमा प्रश्न गरेका थिए ।

मेयर बुढाथोकीले सम्बन्धित निकायहरुसँग समन्वय गरी कानुनी जटिलता फुकाई निकास निकाल्ने बताएका थिए । त्यसै क्रममा नगर प्रमुखको कार्यकक्षमै थापा र राईले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए ।

विज्ञिप्तमा भनिएको छ, ‘‘कन्ट्याक्टर राजकुमार थापा र निजको साथ लागि आएका सुने अनुसार प्रभात राई समेतबाट दूरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपूर्ण व्यवहार नगर प्रमुखको कार्यकक्षमा नै भयो ।’

मेयर र उपमेयरले उक्त व्यवहारले नगरपालिकाको संवैधानिक, कानुनी एवं संस्थागत मर्यादामा आँच पु¥याउने भन्दै त्यस्तो व्यवहार गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका