Sun May 22 2022
मुख्य खबर

गृहमन्त्री खाँण र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाँण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै आयोगमा उजुरी परेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृहप्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै मन्त्री खाँण र कांग्रेस उम्मेदवार रामकृष्ण खाणमाथि कारबाहीको माग गरेका हुन् ।

गृहमन्त्री र उम्मेदवार खाँणविरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिताविपरीत घरदैलो कार्यक्रममा सहभागी भएको। भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । त्यस्तै उम्मेदवार खाँणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।