Sun May 15 2022
देश

रामेछापको दुई स्थानमा गोली चल्यो, मतदान प्रभावित

रामेछापको दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको उनले बताए ।

यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको उनले बताए । दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको छ।