Mon May 16 2022
देश

अछामको साँफेबगरमा गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित

अछामको साँफेबगर नगपालिका १३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो ।​ बाब्लामा नेकपा एमाले(माओवादी केन्द्र र कांग्रेस(नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए । अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।