Thu May 19 2022
देश

बैतडीमा भोट हालेर फर्कने क्रममा वृद्धको मृत्यु

बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्यचौकी पुर्‍याएको भए पनि उनको बाटोमै मृत्यु भएको जोशीले बताए ।