Wed May 18 2022
देश

बाराको देवतालमा रोकिएको मतदान फेरि सुरु

बाराको देवताल गाउँपालिकामा पुनः मतदान सुरु भएको छ । शुक्रबार  बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०–१५ जना हात हालाहाल भएपछि रोकिएको मतदान फेरि सुरु भएको हो ।

नेपाली काँग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएको थियो ।

देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेको सर्वदलीय बैठकले पुनः मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएको हो । झडपमा घाइते भएकाहरुको सदरमुकाम कलैयास्थित कलैया अस्पतालमा उपचार भइरहेकै छ ।