Fri May 20 2022
देश

मतदानपछि गगन थापा भने : प्रतिस्पर्धी पार्टी छियाछिया भएको छ, काँग्रेस पहिलो बन्छ

नेपाली काँग्रेस महामन्त्री गगन थापाले काँग्रेस यो पटक पहिलो पार्टी बन्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनको मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले काँग्रेस पहिलो पार्टी बन्नेमा कुनै सन्देह नरहेको बताएका हुन् ।

‘नेपाली काँग्रेस यो पटक पहिलो पार्टी बन्नेमा कुनै सन्देह छैन । किनभने हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी छियाछिया भएको छ । एमाले टुक्रिएको छ’, थापाले भने, ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ ।’

पहिलो पार्टी बन्ने आधारहरू सुनाउँदै उनले अगाडि भने, ‘कही कही तालमेल पनि गरेका छौँ र पार्टी समेत एकढिक्का छ ।’