Fri May 20 2022
देश

सर्वदलीय बैठकपछि दोलखाको बैत्यश्वरमा राेकिएकाे मतदान पुन: सुरु

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा भएको झडप रोकिएपछि मतदान सुरु भएको छ । सर्वदलीय बैठक बसेर सहमति भएपछि मतदान सुरु भएको दोलखा प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियो । पालिकाको वडा नम्बर १, २ र ३ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो ।

मतदान भइरहेको बेला ढुंगा प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर समेत गरेको पौडेलले बताए । मतदाता आउने बाटो अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्ने प्रयत्न गरेका थिए ।