जोडिनुहोस
  • होमपेज
  • नेपाल–भारत संयुक्त आयोगको बैठक आजः विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने

नेपाल–भारत संयुक्त आयोगको बैठक आजः विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबार बस्दैछ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व एस।जयशंकरले गर्नेछन्।

प्रधानमन्त्री पुषपकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका वेला ऊसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा बैठकमा हस्ताक्षर हुनेछ। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी नेपाल(भारतबीच बिहीबार सम्झौता हुने जनाइएको छ। यस्तै १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन गर्ने तयारी भएको छ।

नेपाल–भारत संयुक्त आयोग दुई देशबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । संयुक्त आयोगको बैठकमा नेपाल–भारत बीचका सम्पूर्ण आयामहरूमा छलफल गरिन्छ।

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो साता भएको थियो। संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका