Fri May 27 2022
देश

काभ्रेको चौरीदेउरलीमा तनावपछि मतदान स्थगित, सर्वदलीय बैठक जारी

एक परिवारका मानिसले अर्को सदस्यको मत हालेकोमा विवाद हुँदा काभ्रेको चौरीदेउराली गाउँपालिकास्थित मतदान केन्द्रको मतदान स्थगित भएको छ । दलहरुबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘परिवारभित्रकै अर्कोले भोट हालेपछि विवाद सुरु भएको हो’, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले  भने,‘मतदान प्रक्रिया स्थगित भएर सहमति जुटाउने प्रयास भइरहेको छ । त्यसका लागि सर्वदलीय बैठक बसिरहेको छ ।’