Mon May 16 2022
देश

महोत्तरीमा हवाई फायरपछि पुनः मतदान सुरु

महोत्तरीको बलवा नगरपालिका ५ स्थित महाबीर मतदान केन्द्रमा हवाई फायर भएको छ । शुक्रबार जारी मतदानमा दुई पक्षबीच झडप हुँदा प्रहरीले उक राउण्ड हवाई फायर गरेको हो ।

मतदाता नामावली सम्बन्धी विवाद हुँदा प्रहरीले स्थिति सामान्य पार्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले बताए। विवाद सामान्य भएपछि रोकिएको मतदान पुनः सुरु भएको उनले बताए ।