काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले रोनाल्डोलाई बिहीबार ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ ।
रोनाल्डोले अप्रिल महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् । रोनाल्डोले अप्रिलमा ५ गोल गरेका थिए ।
रोनाल्डोले छैटौं पटक प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।
ह्यारी केन र सर्जियो अग्युरोले सर्वाधिक ७-७ पटक प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् ।