Wed May 18 2022
Breaking News

वालिङ जीप दुर्घटना अपडेट : १३ जनाको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ – १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिए।

उनीहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएको छ ।

अहिले अन्य घाइतेहरुको उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।