Fri May 20 2022
देश

रौतहटमा झडप : दुईजना घाइते

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत रौतहटको गढीमाई नगरपालिकामा झडपका कारण रोकिएको मतदान पुनः सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित गरिएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । सिंगारमन निर्वाचन केन्द्रमा भोट खसाल्ने विषयमा झडप भएको हो ।

केसीका अनुसार त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । केही बेर रोकिएको मतदान सुरु भएको छ ।