Sat May 21 2022
देश

बाजुराकाे बुढीगंगाकाे मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

बाजुराकाे बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ।

मतदान स्थलहरूमा झडप भएर तनाव सिर्जना हुँदा प्रहरीले हवाई फायर गरेकाे छ।

बुढीगंगा नगरपालिका-९ मा २ राउण्ड सोही नगरपालिकाको वडा न १० सिगाडामा माविमा रहेको मतदान केन्द्र १ मा र वडा नम्बर ५ काे मतदान केन्द्रमा झडप भएपछि हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुई पक्षबीच खुकुरी हानाहान भएर तनावग्रस्त भएपछि  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरिएको जनाएकाे छ।

यस्तै, बुढीनन्दा नगरपालिका-९ अगाउपानीमा रहेको हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर भएको प्रहरीले जनाएको छ।