Fri May 20 2022
देश

वीरगन्जमा मतदाता प्रभावित पार्न वितरण भइरहेको छाता बरामद

पर्सा — पर्साको वीरगन्ज महानगरपालिका–१०, बालमन्दिर स्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको दुई बोरा छाता प्रहरीले बरामद गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) को चुनाव चिन्ह छाता हो । मतदान गर्न आएका मतदातालाई छाता दिँदै भोट मागेपछि अन्य पार्टीका उम्मेदवारले विरोध गरेका थिए ।

प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय विर्ताको टोलीले जसपाको बुथ कमिटिबाट दुई बोरा छाता नियन्त्रणमा लिएको हो । यसैगरि वडा नम्बर ८ मा समेत छाता वितरण गर्दा दुई पक्षबीच विवाद भएको थियो ।