Mon May 16 2022
देश

मतदान गर्न गएका माधव नेपालविरुद्ध दुर्व्यवहार

काठमाडौं । रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ ।

स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो । रौतहटको गौर नगरपालिका– १ स्थित रामजानकी कन्या विद्यालयमा नेपालको मतदान केन्द्र थियो ।

भित्र गएर मतदान गर्ने क्रममा बाहिर नाराबाजी भएको हो । नाराबाजीमा संलग्नहरु कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिोमा गौरीशंकर रौतहट क्याम्पसको कम्पाउन्डबाहिर एक दर्जनभन्दा बढी व्यक्तिहरुले नेपालविरुद्ध नारावाजी गरिरहेको देखिन्छ ।