Sat May 21 2022
प्रदेश

स्याङ्जाको गाडी दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा १४ जनाको मृत्यु हुने गरी भएको गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । देउवाले मृतका परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका हुन् ।

काँग्रेस कार्यवाहक मुख्यसचिव सचिव प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमार्फत देउवाले घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेको जनाइएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा १४ जनाको मुत्यु भएको थियो ।