Thu May 19 2022
प्रदेश

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् ।

शर्माले राप्ती–३  मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेकी हुन् ।