Fri May 27 2022
प्रदेश

पछिल्लो २४ घण्टामा ७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १६४ जना कायम भएको छ ।

सोही अवधिमा १६ जना निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या भने शून्य छ । पछिल्लो २४ घण्टामा देशभर १४३७ जनामा कोरोना परीक्षण गरिएको थियो ।