जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल

एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । आजको बैठकमा पार्टीले राष्ट्रियसभामा पाउनुपर्ने सिटका विषयमा छलफल गर्ने छ । नेकपा समाजवादीले ४ सिट आफूले पाउनुपर्ने माग राखिरहेको छ । तर गठबन्धनलाई भाग गर्दा उसले ३ सिट मात्र पाउने बताइएको छ । आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिटका बारेमा नेताहरूको धारणा सुन्ने र निर्णय लिने बताइएको छ ।

राष्ट्रियसभा निर्वाचन माग ११ गते हुने भएको छ । जसमा १९ सिटका लागि निर्वाचन हुने छ । गठबन्धन दल भर्सेस एमाले निर्वाचनमा होमिने भएका छन् । यसको सिट भने बाँडफाँड भएको छैन । यसैबीच बेलुका ४ बजे चार दल र साँझ ५ बजे गठबन्धनमा सहकार्य गरिरहेका ७ दलबीच राष्ट्रियसभा निर्वाचन सिट विभाजनको बारेमा छलफल हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका