जोडिनुहोस
  • होमपेज
  • बरहथवा घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

बरहथवा घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

सत्तारूढ दल नेपाली कांग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोली लागेर स्थानीय जयशङ्कर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएका घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कांग्रेसले मृतकमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । उक्त पार्टीले घटनाको सत्य(तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नाका साथै घाइते भएकाको उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज विषयमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । मुख्यसचिव पौडेलले हरेक नागरिकले आफ्ना अधिकारका विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित हुन अपिल गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका