कास्की । गण्डकी प्रदेशको पोखरामा पनि मतदान सम्पन्न भएको छ ।
पोखरामा भएको मतदानमा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले पनि मतदान गर्नुभएको छ । उहाँले पोखरा महानगरपालिका २७ अर्गाचोकमा दिउसो ३ः२७ मा मतदान गर्नुभएको हो ।
काठमाडौंबाट पोखरा आएर मताधिकार सुरक्षित गरेको उहाँले बताउनुभयो । कास्कीमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।