Fri May 27 2022
देश

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनअन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।  ७१४ मत खसेकामा उहाँले ३५८ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चौहानले १९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।