Thu May 19 2022
देश

झापाको विर्तामोडमा एमालेको अग्रता, पछ्याउँदै गठबन्धनका उम्मेदवार

झापाको विर्तामोड नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को गणना गर्दा मेयरमा एमालेले ७१ मत प्राप्त गर्दा सत्ता गठबन्धन नेपाली कांग्रेस) का उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् । राप्रपाले १४ मत ल्याएको छ ।

त्यस्तै, उपमेयरमा पनि एमालेकै अग्रता छ । उपमेयरमा एमोलेका उम्मेदवारले ७३ र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवारले २९ मत मात्र प्राप्त गरेका छन् । उपमेयरमा राप्रपाले १८ मत ल्याएको छ ।