Thu May 19 2022
देश

चितवनको राप्ती र इच्छाकामनामा एमालेको अग्रता

चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ।

राप्तीमा आठ सय मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेलले ४४२ मत ल्याएका छन्। यस्तै एकीकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन्।

यस्तै इच्छाकामना गाउँपालिकामा छ सय मत गणना हुँदा एमालेका उम्मेदवार दानबहादुर गुरूङ २८४ मतसहित अघि छन्। यहाँ गठबन्धनबाट कांग्रेसकी गीता गुरूङ २६० मतसहित पछ्याइरहेकी छन्।