Fri May 27 2022
देश

थाहा नगरमा एमालेलाई पछि पार्दै गठबन्धनको अग्रता

मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमालेलाई पछि पार्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका संयूक्त उम्मेदवारले अग्रता लिएका छन्। कुल ४ सय मत गणना हुँदा एमालेलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको हो।

संयूक्त प्यानलबाट माओवादीका विष्णुबहादुर विष्टले २५० एमालेका अच्यूतप्रसाद ढकालले ४४ मत ल्याएका छन्। उपाध्यक्षमा संयूक्त प्यानलबाट काँग्रेसका भरत गोपालीले २७२ मत र एमालेबाट कल्पना वलामीले ५८ मत ल्याएकी छिन्। थाहामा वडा नम्बर एक बाट मत गणना सुरु भएको हो।