Wed May 18 2022
देश

ललितपुरको महांकालमा दस्तखत नगरेको मतपत्र भेटिएपछि गणना स्थगित

ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि विवाद बढ्दा मतगणना स्थगित भएको हो । १ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बुझिएको छ ।