Tue May 17 2022
देश

जुम्लाको गज्याङकोटमा १ जेठमा पुन: मतदान हुने

जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुनस् मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले गज्याङकोट केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । एक हजार ७ मतमा ३२० खसेको थियो । गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।