काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरको पेचिलो प्रतिस्पर्धा भइरहँदा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् ।
प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।
काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेजति लाग्ने बताइएको छ ।