Tue May 17 2022
प्रदेश

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी

शुक्रबार सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा मकवानपुरमा नेपाली काँग्रेसलाई पहिलो सफलता मिलेको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिका–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको हो ।

काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका सुवास थापाले ७४४ मत ल्याउँदै जित हासिल गरेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गरेका हुन् । १६ सय ९३ मत खसेको उक्त वडामा यसअघि पनि नेपाली कांग्रेस विजयी भएको थियो ।