जोडिनुहोस
  • होमपेज
  • गाँजाको केक बेचेको आरोपमा एकजना पक्राउ

गाँजाको केक बेचेको आरोपमा एकजना पक्राउ

लागु औषध गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धर रहेका छन् । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ । उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्‍न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका