Mon May 23 2022
देश

विदुर नगरपालिका : मेयरमा गठबन्धनको अग्रता, उपमेयरमा एमाले

विदुर नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवारले लिड गरिरहेका छन् । हालसम्म ८०० मत गन्दा नेपाली काँग्रेसका मेयरका उम्मेदवार राजनलाल श्रेष्ठले ५६४ मतसहित लिड गरिरहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयरका उम्मेदवार सञ्जु पण्डितले ४५० मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन् । यस्तै, ७१ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार सुशीला खड्का तेस्रो स्थानमा रहेकी छिन् ।

यता उपमेयर तर्फ भने एमालेका उम्मेद्धवार अम्बिका पौडेलले ४३१ मतसहित लिड गरिरहेकी छिन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादीका उम्मेदवार प्रभाव बोगटीले ३७२ मतसहित दोस्रो स्थानमा रहँदै पौडेललाई पछ्याइरहेकी छिन् ।

यस्तै, राप्रपाका उपमेयरका उम्मेदवार कुलबहादुर खड्गेले हालसम्म १९५ मत पाएका छन् । नगरपालिकाको १३ वटा वडाहरु मध्ये हालसम्म १ र २ वडाको मतपत्र गणना भइरहेको छ ।