Wed May 18 2022
देश

बुटवल उपमहानगरमा ११ सय मत गन्दा काँग्रेसको अग्रता कायमै

बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका ११ सय मत गन्दा पाण्डेले ४५५ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचन २३६ ले प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७९ मत पाएका छन् ।उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३ मत तथा एमालेकी सावित्रा अर्याल ले २१५ मत तथा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १८२ मत प्राप्त गरेका छन् ।