Mon May 23 2022
देश

भोजपुर नगरपालिका–१ को अध्यक्ष माओवादीका राई निर्वाचित

भोजपुरको भोजपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का जिरामणि राई निर्वाचित भएका छन् ।

राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर तामाङलाई १४ मत अन्तरले पराजित गरेका हुन् ।

राईले २२३ मत पाउँदा तामाङले २०९ मत प्राप्त गरेका हुन् । एमालेका टेकबहादुर तामाङले भने १२० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।