Fri May 20 2022
देश

पाँचखालमा-१३ मा स्थगित मतदान जेठ ३ गते हुने

काभ्रेको पाँचखाल नगरपालिकाको-१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान जेठ ३ गते हुने भएको छ। बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राइले जानकारी दिए।

जिल्लामा एक मात्र मतदान केन्द्रमा निर्वाचन पाँचखाल-१३मा मतदान रोकिएको थियो। निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना टास गरिएको छ।

वडा न १३ को मतदान अर्को सूचना जारी नहुन्जेल सम्मको लागि स्थगित भएको थियो। दिउँसोबाट मतदान रोकिएको उक्त केन्द्रमा मतदान रोकेर मुख्य निर्वाचन कार्यालय धुलिखेल र निर्वाचन आयोगलाई पत्र काटेर अर्को सूचना जारी नहुन्जेल सम्मको लागि मतदान स्थगित सूचना टासेर स्थगित भएको थियो।