Fri May 20 2022
अन्तर्राष्ट्रिय

जर्मनीमा शरण लिने युक्रेनी शरणार्थीको संख्या सात लाख नाघ्यो

संकटग्रस्त युक्रेनबाट बिस्थापित भई जर्मनीमा शरण लिने युक्रेनी नागरिकको संख्या सात लाख नाघेको छ।

जर्मनीको वेल्ट एम सनट्गाग पत्रिकाले जनाए अनुशार हालसम्म सात लाख २७ हजार २ सय ५ जना युक्रेनी नागरिक जमनीमा शरण लिइसकेका छन्। उनीहरुमध्ये ९३ प्रतिशतसंग युक्रेनको नागरिकता छ। शरणार्थीमध्ये ४० प्रतिशत बालबालिका छन्।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य हमला गरेपछि मुलुक छाड्ने युक्रेनी नागरिकको संख्या ६० लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालयले जनाएको छ।

यसलाई दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठूलो शरणार्थी संकट मानिएको छ। युक्रेनभित्रै आन्तरिक शरणार्थी हुने युक्रेनी नागरिकको संख्या ८० लाख रहेको राष्ट्रसंघीय एजेन्सीले जनाएका छन्।